Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आह्वान


0
Shares

गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले लगानीमैत्री वातावरणका लागि विद्यमान ऐन, नियम परिवर्तन गरेकाले बिना हिचकिचाहट लगानीका लागि मुलुकको समृद्धिमा सहयोग पुर्‍याउन आग्रह गरेका हुन् ।

उनले आर्थिक विकासको प्रमुख आधार विप्रेषण भएकाले वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन हरसम्भव प्रयास गरिने पनि बताए ।

प्रधानमन्त्री देउवाले नेपालको जलविद्युत्, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न सकिने भन्दै गैरआवासीय नेपालीको भूमिकाकै कारण संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले प्रतिनिधित्व गर्न सकेको स्मरण गरे । उनले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि मुलुकले समृद्धिको बाटो लिने अपेक्षा व्यक्त गरे ।

संघको सम्मेलनले भवन भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।