
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले बुधबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले केही अनलाइन सन्चारमाध्यममा विकृति मौलाएकाले त्यसको निराकरण गर्न पत्रकार महासंघले पहल गर्नुपर्ने बताए ।
पत्रकारहरुले पाउनुपर्ने न्यूनतम् पारिश्रमिकका लागि पत्रकार महासंघसँग समन्वय गरेर आफूले पहल गर्ने बताउँदै उनले पत्रकारिता क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, उपाध्यक्ष कविता थापाले राज्य र सन्चारजगतको सम्बन्ध सकारात्मक हुनुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्