१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तिहारभरका लागि धनकुटेलीको आन्दोलन स्थगित


0
Shares

धनकुटालाई राजधानी घोषणा गर्न विभिन्न दबाबमूलक आन्दोलन गर्दै आएका उनीहरुले स्थानीयलाई तिहार मनाउन सहज होस् भनेर आन्दोलन स्थगन गरेको जनाएका छन् ।

आयोजक समितिले मंसिर ५ गतेदेखि फेरि आन्दोलन गर्ने जनाएको छ ।

२५० वर्षदेखिको प्रशासनिक केन्द्रकारुपमा रहेको धनकुटा प्रादेशिक राजधानीका लागि भौगोलिक, सामरिक तथा सरकारी जग्गा र पूर्वाधारका दृष्टिले उपयुक्त भएको भन्दै धनकुटेलीले दबाबमूलक आन्दोलन गरिरहेका छन् ।

धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथर, ताप्लेजुङ, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत पूर्वीपहाडी जिल्लाको विकास र पिछडिएको क्षेत्रका बासिन्दाको सुविधाका लागि पनि प्रादेशिक राजधानी तोकिनु उपयुक्त भएको दबाब आन्दोलनमा सहभागीहरुको भनाइ छ ।