
बासुदेव बर्मा
कपिलबस्तु, पुस २२ । कपिलबस्तुको दक्षिणपूर्वी शुद्धोधन गाउँपालिकाले आफ्नै लगानीमा पक्की पुल निर्माण गरिरहेको छ ।
गाउँपालिकाको वडा नम्बर २, नन्दनगर र वडा नम्बर ६, बाँसखोर जोड्ने पक्की पुल निर्माण भइरहेको छ । यसबाट झण्डै २० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले बताए ।
आर्थिक वर्ष २०७४/०७५ मा ५ करोड ८० लाख रुपैयाँको लागतमा सार्वजनिक विकास निर्माण कार्य भएको उनको भनाइ छ ।
वडा नम्बर २ का वडाध्यक्ष मनोज कुमार यादवका अनुसार बेतीनदी माथि पक्की पुल निर्माण भएको छ । नन्दनगर र बाँसखोरका जनतालाई यसले प्रत्यक्ष फाइदा पुग्ने विश्वास उनले ब्यक्त गरे ।
आर्थिक बर्ष आर्थिक वर्ष २०७४/०७५ को चैत २८ गते पुल शिलान्यास भई २०७७ साल कार्तिक महिनाभित्रै सम्पन्न गर्ने गरि सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम पोख्रेलले बताए ।
गाउँपालिका क्षेत्रका २२ वटा ठूला बाटोको स्तरोन्नति भएको छ । एक सयभन्दा बढी सानाबाटा निर्माण र स्तरोन्नति भएका छन् ।
प्रतिक्रिया दिनुहोस्