१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


कान्दाहारमा तालिबानको आक्रमण, ४३ सैनिक मारिए


0
Shares

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले हमला गरेका थिए ।

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सो सैनिक पोष्टमा हमला गरेको बताइएको छ ।

गएराति रातभर दुवै पक्षबीच भिडन्त भएको र बिहानीपख अफगान सेनाको थप सैन्यबल सो पोष्टमा गएपछि भने तालिबानहरु भागेका बताइएको छ ।

थप बलको सहायताले अझै ठूलो दुर्घटना टरेको अफगान सेनाले जनाएको छ । सेनाका अनुसार सो भिडन्तका क्रममा अरु पनि कैयौँ सैनिक घाइते भएका छन् । के कतिजना घाइते छन् भन्ने बारेमा भने सेनाले पूर्ण विवरण दिइसकेको छैन ।

सो भिडन्तका क्रममा दुईवटा अति शक्तिशाली कारबमको प्रयोगबाट तालिबानहरुले हमला गरेका बताइएको छ । त्यस क्रममा कैयौँ तालिबान पनि मारिएको आशङ्का गरिएको छ ।

तर के कति मात्रामा उनीहरुको हताहत भएको छ भन्ने बारेमा पूर्ण विवरण आइसकेको छैन ।

सो क्षेत्रमा बिहीबार बिहानदेखि नै ठूलो सङ्ख्यामा अफगान सैनिकले गस्ती सुरु गरेको र क्षतिको विवरण सङ्कलन गरिरहेको बताइएको छ । (रासस÷सिन्ह्वा)