
बिहीबार अदालतले पूर्व प्रधानमन्त्री शरीफसँगै उनकी छोरी मरियम र ज्वाई अवकाश प्राप्त क्याप्टेन मोहम्मद सफदरविरुद्ध पनि आरोप तय भएको हो ।
उनीहरु विरुद्ध अन्य दुई मुद्दामा पनि बिहीबार नै आरोप तय हुने सम्भावना छ ।
६७ वर्षीय शरीफलाई गत जुलाई महिनामा सर्वोच्च अदालतले अज्ञात स्रोतबाट अघोषित आयको मामलामा प्रधानमन्त्री पदमा रहन अयोग्य ठहर गरेको थियो । अदालतको सो फैसलापछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनु परेको थियो ।
शरीफ हाल लन्डनमा छन् भने उनकी छोरी पाकिस्तान मै छिन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्