अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र सार्वजनिक • Image Khabar Image Khabar


अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र सार्वजनिक


Imagekhabar
३ कार्तिक २०७४, शुक्रबार ०९:२५

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र सार्वजनिक

कलेज जीवनमा उनले अलेक्जेन्ड्रा म्याकनियर नाम गरेकी युवतीसँग प्रेम गरेका थिए । ओबामाले प्रेमको सुरुवाती समयमा अलेक्जेन्ड्रालाई लेखेको पत्र हालै सार्वजनिक भएको हो ।

आफ्नो उमेरको तेस्रो दशकमा ओमाबाले उक्त पत्र लेखेको बताइन्छ । सन् १९८२ देखि १९८४ का बीचमा लेखिएको यो पत्रमा ओबामाले आफ्नो भावना प्रकट गरेका छन् ।

पत्रमा उनको जीवनको प्रारम्भिक संघर्ष प्रष्ट देखिन्छ ।

ओबामाले पत्रमा लेखेका छन्, ‘मलाई विश्वास छ, म तिमीलाई कति सम्झन्छु भन्ने तिमी जान्दछ्यौ, म हावाजस्तै हरेक पल तिम्रो आसपास छु, म तिमीलाई सागरको गहिराईजस्तै भरोसा गर्दछु, हाम्रो प्रेम असीमित छ ।’

पत्रमा उनले लेखेका छन्, ‘मैले तिम्रोबारेमा धेरै पटक सोचेँ, म आफ्नो प्रेम र भावनालाई लिएर चिन्तित छु ।’

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र सार्वजनिक

पत्रको एउटा अंशमा लेखिएको छ, ‘मलाई लाग्छ, जो मैले पाउँदिन, त्यही खोजिरहेको छु, यही कुराले हामी दुवैलाई जोडिरहेको छ र यही कुराले हामीलाई अलग पनि गराउँदैछ ।’

उनले आफूभित्रको कुण्ठालाई पनि पत्रमा उजागर गरेका छन् । उनले लेखेका छन्, ‘म आफूभित्र जलन महसुस गरिरहेको छु । म कुनै खास वर्ग या संस्कृतिसँग जोडिएको छैन, मलाई यो कुराको महसुस छ कि मेरा लागि कुनै अलग बाटो बनेको छ ।’

उनले अगाडि लेखेका छन्, ‘आफ्नो एक्लोपन हटाउन मसँग एउटै बाटो छ, कि म सबै संस्कृति र वर्गलाई अपनाउँ र आफूलाई त्यसमा जोडौं ।’

सन् २०१४ मा इमोरी विश्वविद्यालयको रोज लाइब्रेरीले यी पत्र हासिल गरेको थियो । तिनै पत्र हाल सार्वजनिक गरिएको हो ।

अलेक्जेन्ड्रासँगको प्रेम दिगो हुन सकेन । पछि ओबामाले मिशेल ओबामासँग प्रेम गर्न थाले । र उनीसँग नै ओबामाको बिहे भयो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्