
राजकुमारी सिरिधोर्न पहिलो पटक नेपाल भ्रमणमा आएकी हुन् । उनले आज लुम्बिनीमा राजकीय थाई बौद्धबिहारको उद्घाटन तथा मायादेवी मन्दिर अवलोकन गर्ने कार्यक्रम छ ।
राजकुमारीका साथमा करिब १ हजार ८ सय थाईबौद्ध उपासक उपासिकाद्वारा थाई परम्पराअनुसार बुद्धपूजा गर्ने कार्यक्रम छ ।
थाई राजकुमारीको सुरक्षार्थ भैरहवादेखि लुम्बिनीसम्मको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उनी शुक्रबार नै राजधानी फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्