२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल संवत् मौलिक पहिचान : अध्यक्ष ओली


0
Shares

नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश रहेको बताए । उनले भने, ‘त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो । यो संवत् नेपालको मौलिक संवत् हो ।’

यसका प्रणेता शंखधर साख्वालाई स्मरण गर्दै उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालीहरु संस्कृतिका धनी छौंँ । यो देशमा बसोवास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो ।’

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनपछि नेपाली राजनीतिले नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै यो चुनावले नेपाली राजनीतिलाई स्थिरता तर्फ लगेर देशमा आर्थिक र विकासका एजेण्डालाई स्थापित गर्न सहयोगी हुने विश्वास पनि व्यक्त गरेका छन् । (रासस)