१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


जापानमा आज संसदीय निर्वाचन


0
Shares

संसदको अवधि एक वर्ष बाँकी छँदै प्रधानमन्त्री आबेले संसदको तल्लो सदन विघटन गरेका थिए ।

उत्तर कोरियाले लगातार गरिरहेको परमाणु परीक्षण र त्यसले जापानमा परेको चुनौतीलाई जोडेर आबेले चुनाव घोषणा गरेका थिए । यो मौकामा चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद् भंग गरेका थिए ।

आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले दुई तिहाई बहुमत ल्याउने अपेक्षा आबेले गरेका छन् । दुई तिहाई सीट जितेर संविधान संशोधन गर्ने र रक्षासम्बन्धमा निर्णयाधिकार आफ्नै देशमा राख्ने चाहना आबेको छ ।

उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेकोमा आबेप्रति जनलहर बलियो देखिएको छ । यही मौकाको सदुपयोग गर्न उनले चुनाव घोषणा गरेका थिए ।

ताजा मत सर्वेक्षणहरुमा पनि उनको दल लिबरल डेमोक्रेटिक पार्टी अरुको तुलनामा निकै अघि देखिएको जनाइएको छ । (एजेन्सी)