१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


विभिन्न मुलुकलाई उत्तर कोरियाले पठायो पत्र, यस्तो चेतावनी छ पत्रमा


0
Shares

अस्ट्रेलियाका विदेशमन्त्री जुली विशपको फेसबुकमा उत्तर कोरियाले अस्ट्रेलियालाई पठाएको पत्र सार्वजनिक गरिएको छ ।

पत्रमा उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न मुलुक घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई परमाणु युद्धतिर धकेलिरहेको आरोप लगाएको छ ।

इन्डोनेसियालाई पनि उत्तर कोरियाले पत्र पठाएको छ । इन्डोनेसियास्थित उत्तर कोरियाली दूतावासमार्फत पत्र पठाइएको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार पत्रमा अमेरिकाले उत्तर कोरियालाई झुकाउन खोजेको हो भने त्यो धेरै ठूलो गल्ती हुने प्रष्ट पारिएको छ ।

उत्तर कोरियाले विभिन्न मुलुकलाई अमेरिकाको पक्षमा नलाग्न चेतावनीसमेत दिएको बताइन्छ । (एजेन्सी)