१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जिप दुर्घटनामा एकको मृत्यु, एक घाइते


0
Shares

सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नम्बरको जिप सोतर्‍यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सडकबाट १०० मिटर तल खोलामा पल्टेको जिपमा दुईजनामात्रै सवार रहेका कारण थप क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

दुवैजना रातभर जात्रामा रहेका कारण अनिँदोमा जिप चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस