Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


हत्याराले अब बाचुन्जेल जेल बस्नुपर्ने, जंगबहादुरको पालाको मुलुकी ऐन प्रतिस्थापन


0
Shares

तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन हुँदै आए पनि पूर्णरुपमा प्रतिस्थापन भएको थिएन । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी संसदले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कानुन बनेको हो ।

आगामी १ भदौदेखि मात्र कार्यान्वयनमा आउने मुलुक ऐन अन्तर्गत फौजदारी कसुर सम्बन्धी कानुनमा हत्या, अपहरण, बहुविवाह, गर्भपतनलगायतबारे सजायको व्यवस्था छ ।

यी हुन् बाचुन्जेल जेल बस्नु पर्ने अपराध
–क्रुर यातना दिइ निर्ममतापूर्वक ज्यान मारेको
–अपहरण गरी वा वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको
–अपहरण गरी वा शरीर बन्धक लिइ ज्यान मारेको
–सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको
–कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने गरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेको
–जबर्जस्ती करणी गरी ज्यान मारेको

                                                                                                   –नयाँ पत्रिका दैनिकबाट