४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


वेत्रावतीमा पुसे औंसीमा श्राद्ध गर्नेहरुको घुइँचो


0
Shares

रसुवा । रसुवा र नुवाकोटको सीमास्थित वेत्रावतीमा पुसे औंसीमा श्राद्ध गर्नेहरुको घुइँचो लागेको छ ।

धार्मिक एवम् पवित्र त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पुसे औंसीको दिन आज दिवंगत पितृको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर श्राद्ध गर्नेको भिड लागेको हो ।

उत्तरगयाधाममा हजारौं हिन्दू र बौद्ध धर्मावलम्वीले पितृको नाममा पिण्ड तर्पण गर्ने गर्दछन् ।

हिन्दू धर्मावलम्बीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मावलम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुबाट मन्त्र बढाउने र बत्ती बाल्ने गर्दछन् ।

वेत्रावतीमा पुसे कृष्ण औंसीका दिन पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।