
आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट उम्मेदवार बन्ने तयारी गरेका पोखरेलले प्राधिकरणबाट राजीनामा दिएका हुन् । उनको राजीनामासँगै सरकारले प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने तयारी गरेको छ ।
पोखरेल प्राधिकरण गठन लगत्तै योजना आयोगको उपाध्यक्षसँगै प्राधिकरणको कार्यकारी अधिकृत पनि थिए । नेकपा एमाले नेतृत्वको सरकारले सुशील ज्ञवालीलाई कार्यकारी अधिकृत बनाएको थियो ।
काम गर्न नसकेको भन्दै कांग्रेस र माओवादी गठबन्धन सरकारले ज्ञवालीलाई बर्खास्त गरेपछि पोखरेललाई नयाँ सीईओ नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्