२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रसुवामा म्यादी प्रहरीको भर्ना छनोट प्रक्रिया सुरु


0
Shares

मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवामा म्यादी प्रहरीको भर्ना सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवामा २४० जना म्यादी प्रहरी आवश्यक रहेकोमा ३१२ जनाको आवेदन परेको छ ।

निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित तवरबाट सम्पन्न गर्न आजबाट पहिलो चरणअन्तर्गत भर्नाका लागि आवश्यक शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण गरिएको छ ।

हिजोबाट नै छनोट प्रकृया गरिने भनिए पनि उम्मेदवारको दरखास्त परेकाले एक दिनपछि सारिएको प्रहरी नायव उपरीक्षक शरदकुमार थापा क्षेत्रीले जानकारी दिए ।