१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


अमेरिकाले उत्तर कोरियासँग लड्न एसियाली मुलुकसँग छलफल गर्ने


0
Shares

उत्तर कोरियाका कारण पछिल्लो समयमा सुरक्षा चुनौती बढेको भन्दै रक्षामन्त्री म्याटिसले एसिया भ्रमणमा उत्तर कोरियाको विषय प्राथमिकताका साथ उठाउने धारणा राखेका हुन् । उनले यो हप्ता एसियाको भ्रमण गर्दैछन् ।

उत्तर कोरियाको आणविक परीक्षणका कारण पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती बढेकोले त्यस विषयमा एसियाली देशका रक्षामन्त्रीहरुसँग कुराकानी गर्ने उनले बताए ।

फिलिपिन्समा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली रक्षामन्त्रीहरुको बैठकका लागि अमेरिकी रक्षामन्त्री म्याटिस फिलिपिन्स जाँदै छन् ।

उनले सो बैठकमा दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरुसँग पनि छुट्टाछुट्टै वार्ता गर्ने छन् ।

उत्तर कोरियाको आणविक कार्यक्रमका कारण बढ्दो सुरक्षा चुनौतीका बीच यस क्षेत्रको सेनालाई कसरी सतर्क राख्ने तथा उत्तर कोरियाका बिरुद्धमा के कसरी लड्ने भन्ने बारेमा सो बैठकमा छलफल हुने जानकारी पनि उनले दिए । (रासस/एएफपी)