२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रिय कराँते प्रतियोगितालाई सम्झना लेब्रोटरीको साथ


0
Shares

आगामी कात्तिक २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका करिब १८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे नेपाल कराँते महासंघ र सम्झना लेब्रोटरी क्लिनिक प्रालिले प्रतियोगिता प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार तीनदिने प्रतियोगिता आयोजनाका लागि सम्झना लेब्रोटरीले आयोजकलाई करबाहेक ८ लाख ५० हजार रुपैयाँ नगद र अरु सहयोग गरी करिब १५ लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ ।

प्रतियोगितामा महिलाका ७ तौल समूह र पुरुषका ८ तौल समूह तथा दुवैतर्फ एकल र टिम काताको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २३ खेलाडीलाई राष्ट्रिय टोलीमा छनोट गरिने आयोजक नेपाल कराँते महासंघको भनाइ छ ।