
लम्कीचुहा नगरपालिका–२ का १४ वर्षीय चक्र धमला र सोही ठाउँका १० वर्षीया शर्मिला धमाला पितमारी भन्ने स्थानमा नुहाउनेक्रममा नदीमा डुबेर हराएका इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक धनबहादुर बोहराले जानकारी दिए ।
उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
सोही स्थानमा गत असोज १५ गते टीकापुरका मुकुन्द न्यौपाने र रमेश न्यौपाने डुबेकोमा उनीहरुको अझैसम्म पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्