१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


जापानमा आँधीबाट पाँचजनाको मृत्यु, यातायात व्यवस्था ठप्प


0
Shares

सोमबार बिहानसम्म यो आँधीबाट पाँचजनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ ।

मध्य जापानी क्षेत्रहरु होन्सु र सिजाउको प्रिफेक्चरमा प्रतिघन्टा १९८ किलोमिटरको बेगमा आँधी आएको छ । यसले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

सोमबार बिहानैदेखि ती क्षेत्रमा यातायातका साधनहरु चलाइएको छैन भने व्यापार व्यावसाय पनि ठप्प भएको छ । जसका कारण विद्यालय बन्द छन् भने सरकारी कार्यालय सोमबार खुलेका छैनन् ।

मौसम विज्ञान विभागले सुरक्षित स्थानमा बस्न र घरबाट बाहिर ननिस्कन भनेको छ । ती क्षेत्रमा हवाई उड्डयनहरु पनि स्थगित गरिएका छन् ।

कतिपय स्थानीय नगरहरुमा उद्धारका लागि पनि सूचना जारी गरिएको छ । आँधीको असर राजधानी टोकियोमा पनि पर्नसक्ने भनी सतर्कता अपनाउन भनिएको छ । (रासस/सिन्ह्वा)