२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नवलपरासीमा स्वास्थ्य र शारीरिक परीक्षणमा ५ हजार अनुत्तीर्ण


0
Shares

आवश्यकताभन्दा चार गुणा बढीको आवेदन परेकाले प्रहरीलाई छनोटमा हम्मे–हम्मे परेको थियो ।

जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यकाअनुसार जिल्लामा आवश्यक २ हजार तीनजना म्यादी प्रहरीका लागि ८ हजार १४७ जनाको आवेदन दर्ता भएको थियो ।

तीमध्ये ‘बेरिङ’ जाँचमा २ हजार ९०४ जना उत्तीर्ण भएका छन् । उनीहरु मंगलबारको लिखित परीक्षामा सहभागी भएका छन् ।

नवलपरासीलाई बर्दघाट–सुस्ता पूर्व (नवलपुर क्षेत्र) प्रदेश नम्बर–४ र पश्चिमतर्फ (परासी क्षेत्र) प्रदेश नम्बर–५ मा विभाजन गरिएको छ ।

छनोट भएकालाई दुवै जिल्लामा रहेका प्रहरी कार्यालयमा तालिमका लागि खटाइने प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।