२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अदालतको अवहेलना गरेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध निवेदन दर्ता


0
Shares

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनाको निवेदन मंगलबार दर्ता गरेका हुन् ।

निवेदनमा नेपाल प्रहरीका महानिरीक्षकलाई अदालतमा तत्काल उपस्थिति गराइ अदालतको अवहेलना गरेकामा न्याय प्रशासन ऐन, २०७३ बमोजिम एक वर्ष कैद र १० हजार जरिवानाको सजाय गर्न माग गरिएको छ ।

साथै, ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायकोसमेत समन्वयमा नेपाल प्रहरीभित्र ‘उच्चस्तरीय टास्कफोर्स’को गठन गर्न आदेशको माग गरिएको छ ।

सर्वोच्च अदालतले आफ्नो वा आफ्नो मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाइ सजाय गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ । रासस