
भक्तपुर, पुस २० । भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टका नाममा रहेको सल्लाघारीस्थित १०८ रोपनी जग्गामा पर्खाल लगाउने भएको छ ।
खाली जग्गामा फोहोर थुपार्ने क्रम बढेको र अतिक्रमणसमेत हुँदै गएपछि नगरपालिकाले पर्खाल लगाउन थालेको हो । पर्खाल लगाउने कामको उद्घाटन सांसद प्रेम सुवालले गरे ।
उनले पर्खाल लगाउन नेपाल ट्रष्टलाई जानकारी गराइसकेको बताए ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले अहिले संरक्षणकै लागि पर्खाल लगाउने र पछि कलेज बनाउन प्रयास गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्