८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव हुने


0
Shares

झापा, पुस २० । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव हुने भएको छ ।

नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित आधुनिक उत्पादनलाई एकै ठाउँबाट ग्राहक सामु पु¥याउने उद्देश्यले आगामी माघ ११ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’ गर्न लागिएको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघले गर्न लागेको महोत्सव माघ २३ गतेसम्म चल्ने छ । महोत्सवमा नेपालका विभिन्न जिल्लामा उत्पादित बस्तुसहित भारत, बंगलादेश, पाकिस्तानका बजारमा आएका उत्पादनलाई समावेश गरिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।