२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


इन्डोनेसियाको पटका कारखानामा आगलागी, ३० जनाको मृत्यु, ५० घाइते


0
Shares

उक्त घटनामा अन्य ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सबैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ ।

सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भने, ‘आगलागीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ भने ४६ जना घाइते भएका छन् ।’

मृतकमध्ये प्राय उत्पादन कक्षमा काम गर्ने मजदूर रहेका छन् । उक्त पटका कारखाना ‘पीटी पान्सा वौना कम्पनी’द्वारा सन्चालित रहेको थाहा हुन आएको अग्नी नियन्त्रकले जनाएका छन् ।

ताङगेराङ शहरका बरिष्ठ प्रहरी आयुक्त हरी कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएका हुनसक्ने बताए । (रासस/सिन्ह्वा)