मेसीको आँखाबाट रगत बगेको पोस्टर सार्वजनिक, 'आइएस'को निशानामा विश्वकप फुटबल • Image Khabar Image Khabar


मेसीको आँखाबाट रगत बगेको पोस्टर सार्वजनिक, ‘आइएस’को निशानामा विश्वकप फुटबल


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार २०:१९

मेसीको आँखाबाट रगत बगेको पोस्टर सार्वजनिक, 'आइएस'को निशानामा विश्वकप फुटबल

आगामी विश्वकप फुटबललाई लिएर ‘आइएस’ले अर्जेटिनाका महान फुटबल खेलाडी लियोनेल मेसीको आँखाबाट रगत आएको पोस्टरमा चेतावनीयुक्त सन्देश सार्वजनिक गरेको हो ।

उक्त पोष्टरमा आइएसले लेखेको छ, ‘तिमी एक यस्तो राज्यसँग लडिरहेका छौ, जसको शब्दकोशमा असफल शब्द नै छैन् ।’ उक्त चेतावनीयुक्त पोस्टर ‘आइएस’को मुखपत्र मानिएको ‘वफा मिडिया फाउन्डेशन’द्वारा जारी गरिएको हो ।

त्यस्तै, पोस्टरमा अंग्रेजी शब्द ‘जस्ट टेररिज्म’ लेखेर बाँकी अरवी भाषामासमेत लेखिएको छ ।

आइएसले सार्वजनिक गरेको प्रोपोगान्डामा मेसीको तस्वीर प्रयोग गरी उनको आँखाबाट रगत बगेको देखाइनु फुटबलप्रेमी र मेसीका समर्थकहरुका लागि दुखको बिषय भएको ‘मिरर अनलाइन’ले उल्लेख गरेको छ ।

‘एटल्यान्टिक प्यासिफिक’का वरिष्ठ सुरक्षा विशेषज्ञ इआन ब्रेजेजिन्स्कीका अनुसार उक्त पोष्टर आइएस समर्थक जिहादीहरुले टेलिग्राममार्फत शेयर गरिरहेका छन् । उनले आइएसले यस प्रोपोगान्डामार्फत रुस र अमेरिकामा आक्रमण गर्न विश्वकप फुटबल सुनौलो मौका बनाउन चाहेका बताएका छन् ।’

मेसीको आँखाबाट रगत बगेको पोस्टर सार्वजनिक, 'आइएस'को निशानामा विश्वकप फुटबल

मिरर अनलाइन’का अनुसार यसअघि आइएसले जारी गरेको पोस्टरमा पनि फुटबल खेललाई नै निशाना बनाइएको थियो । उक्त पोस्टरमा रुस अल्लाहको दुश्मन भएको उल्लेख गर्दै लेखिएको थियो, ‘म कसम खान्छु की उनीहरुलाई जलाउनेछु ।’

आइएसको यस चेतावनी सार्वजनीक भएपछि रुसले विश्वकप आतंकवादबाट मुक्त हुने बताएको थियो । त्यस्तै, रुसको ‘नेशनल एन्टि टेररिज्म’ समितिले सुरक्षाको आवश्यक तयारी भैरहेको र सुरक्षित वातावरणमा खेल हुने बताएको छ ।

आगामी विश्वकप फुटबल सन् २०१८ को जुन १४ देखि जुलाई १५सम्म रुसको ११ ओटा शहरमा खेलिनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्