२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


अमेरिकामा पेन किलर सेवन गर्ने दुव्यर्सनीले मुलुक नै लज्जित: डोनाल्ड ट्रम्प


0
Shares

राष्ट्रपति ट्रम्पले यसलाई सार्वजनिक स्वास्थ्यको संकटकालका रुपमा घोषणा पनि गरेका छन् । प्रतिदिन १४० जनाको मृत्युको कारण बनिरहेको पेन किलर दुव्यर्सनी रोक्न उनले नयाँ योजना पनि अघि सारेका छन् ।

राष्ट्रपति ट्रम्पले बन्दुकको दुरुपयोग वा सडक दुर्घटनाबाटभन्दा बढी अत्यधिक औषधि सेवन अर्थात् ‘ओभरडोज’ औषधि सेवन गरेर अमेरिकीहरु मृत्युको मुखमा पुगिरहेको उल्लेख गरे ।

यसको मूल कारण भनेको पेनकिलरको अधिक सेवन, हिरोइनसहितका दुव्यर्सनीका लागि प्रयोग गरिने लागुऔषध हुन् उनले भने ।

विश्वमै अमेरिकीहरुले यस्तो औषधिको अधिक सेवन गर्ने गरेको पनि उनले बताए ।

उनले सबै राज्य सरकारहरुलाई यस्तो औषधिको दुरुपयोग रोक्न सबैखाले उपाय अपनाउन आग्रह पनि गरेका छन् ।(एजेन्सी)