
तत्कालीन राष्ट्रपति केनेडीको हत्यासँग सम्बन्धित गोप्य दस्तावेजहरु सार्वजनिक गर्न दिइएको समय शुक्रबार सकिएपछि राष्ट्रपति ट्रम्पले पुन केनेडीको हत्यासँग सम्बन्धित करिब २८ सय गोप्य दस्तावेज सार्वजनिक गर्न आदेश दिएका हुन् ।
उक्त आदेश आएपछि अमेरिकी गुप्तचर संस्था ‘एफबिआइ’ र ‘सीआइए’ले केहि गोप्य दस्तावेज सार्वजनिक गर्दा सुरक्षा चुनौती बढ्नसक्ने भन्दै निरीक्षण गर्नुपर्ने बताएको छ । त्यस्तै, ह्वाइट हाउस प्रशासनले राष्ट्रपति ट्रम्पको आदेशअनुसार राष्ट्रिय अभिलेखालयले सुरक्षित राखेको उक्त गोप्य दस्तावेजहरुको आवश्यक समीक्षा गरी १८० दिनभित्र सार्वजनिक गर्ने उल्लेख गरेका छ ।
‘न्यूयोर्क टाइम्स’का अनुसार यसअघि अमेरिकी कांग्रेसले सन् १९९२ मा केनेडी हत्यासँग सम्बन्धित सबै गोप्य दस्तावेजहरु सार्वजनिक गर्न आदेश दिएको थियो । उक्त आदेशअनुसार अमेरिकी प्रशासनले सन् २०१७ अक्टुबर २६सम्मको समय पाएको थियो । तर, अक्टुबर २६ गतेसम्म उक्त दस्ताजेवहरु सार्वजनिक नभएपछि राष्ट्रपति ट्रम्पले पुन १८० दिनभित्र २८ सय गोप्य दस्तावेज सार्वजनिक गर्न आदेश दिएका हुन् ।
यता, अमेरिकी प्रशासनले केहि पूर्व राष्ट्रपति केनेडीको हत्यासँग सम्बन्धित गोप्य दस्तावेज लुकाउन लागेपछि सबै गोप्य दस्तावेज सार्वजनिक गरे एकलाख अमेरिकी डलर दिने घोषणासमेत गरेको छ ।
सन् १९६३ नोभेम्बर २२ का दिन तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको गोलि हानि हत्या गरिएको थियो । यस हत्यालाई लिएर अमेरिकामा फरक–फरक धारणाहरु रहेका छन् । अहिलेसम्म आधिकारिक रुपमा हार्वी ओसवाल्ड नाम गरेको एक बन्दुकधारीले केनेडीको हत्या गरेको उल्लेख छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्