Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


प्रत्यक्षतर्फको मतपत्र छाप्न थालियो


0
Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले शुक्रबार साँझ मतपत्रको छपाइ भइरहेको भक्तपुर सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइसम्बन्धी निरीक्षणपछि सो जानकारी दिएका हुन् ।

निरीक्षणपछि सन्चारकर्मीसँग कुरा गर्दै डा. यादवले समानुपातिकतर्फको मतपत्र भने छाप्ने कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

उनले पहिलो चरणअन्तर्गत् ३२ जिल्लामा हुने निर्वाचनका लागि समयमै आवश्यक मतपत्र छाप्ने कार्य सम्पन्न हुने र दोस्रो चरणका लागि कात्तिक १६ गतेको उम्मेदवारी मनोनयनपछि मतपत्र छाप्ने काम सुरु हुने बताए ।

उनले निर्वाचन तोकिएको मितिमा हुनेमा शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा निर्वाचन गर्नका लागि सम्पूर्ण शक्ति लागिपरेको बताए ।

उनले भने–‘निर्वाचनको मितिका सम्बन्धमा सरकारकोसमेत प्रतिबद्धता आइसकेको छ । सरकारको पूर्ण सहयोग छ, त्यसैले निर्वाचन सर्छ कि भन्ने आशंका व्यक्त गर्नु जरुरी छैन ।’

उनले सर्वोच्च अदालतबाट अहिलेसम्म निर्वाचनलाई असर गर्ने कुनै आदेश नआएको जानकारी दिँदै अदालतले गर्ने आदेशलाई आयोगले सधैं उच्च सम्मानका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस