
३३ वर्षका भालेन्टिनो तालुतोलाई आफू एचआइभी संक्रमित रहेको थाहा हुँदाहुँदै ५३ जना महिलासँग असुरक्षित यौनसम्पर्क गरेको र त्यसमध्ये ३० जनालाई एचआइभी संक्रमित बनाएको आरोपमा त्यहाँको अदालतले जेल सजाय सुनाइएको हो ।
एकाउन्टेन्ट रहेका तालुतो सन् २००६ देखि एचआइभी संक्रमित भएका हुन् । त्यसयता उनले ५३ जना महिलासँग यौन सम्बन्ध कायम गरेका थिए ।
यसमध्ये एक महिलाको उमेर तालुतोले यौन सम्बन्ध सुरु गर्दा १४ वर्षको थियो ।
तालुतोले यौन सम्बन्धका बेला कण्डम प्रयोग गर्न भन्दा आफूलाई कण्डमको एलर्जी भएको वा केही समयअघि मात्रै एचआइभी परीक्षण गरेको बताउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केही महिलाले आफूमा एचआइभी संक्रमण भएको थाहा पाएपछि तालुतोसँग सोध्दा उनले आफू एचआइभी संक्रमित रहेको कुरा अस्वीकार गर्ने गरेका थिए ।
तालुतो यौन सम्बन्धका लागि महिलाको खोजीका लागि सामाजिक सञ्जाल तथा डेटिङ साइटमा ‘हार्टी स्टाइल’ नाम प्रयोग गर्ने गरेका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्