
उनको निर्देशनमा गरिएका मिसाइल र परमाणु परीक्षणका कारण उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्न बाध्य छ । तर, यस्तो स्थितिमा पछिल्लो समय भने किम राजधानी प्योङयाङमा सौन्दर्य सामग्री उत्पादन कम्पनीको भ्रमणमा देखिएका छन् ।
उत्तर कोरियाली सरकारी सन्चारमाध्यमका अनुसार किम आफ्नी पत्नी रि सोल–जु र बहिनी कि यो–जोङसंग उक्त कम्पनीमा भ्रमण गरेको तस्वीर सार्वजनिक गरेको छ ।
यी दुवै महिला सार्वजनिक रुपमा अत्यन्त कम देखिने गरेका छन् । किमले हालै मात्र बहिनीलाई सरकारमा शक्तिशाली जिम्मेवारी दिएका छन् । १४ वर्ष अघि उक्त सौन्दर्य कम्पनीमा किमका बुबा किम जोङ इलले भ्रमण गरेका थिए ।
किम आफ्नी पत्नीसंग सौन्दर्य सामग्री उत्पादन कम्पनीमा गएको यो पहिलोपटक हो । भ्रमणका क्रममा किमले कम्पनीको प्रशंसा गर्दै विश्व स्तरिय उत्पादन बनाउन निर्देशन दिएका थिए ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण भने उत्तर कोरियामा सौन्दर्य सामग्रीलगायत विदेशी विलासिताका सामानको अभाव छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्