 
	    रसियाको पहलमा इरान र टर्कीको प्रतिपक्षी समूहसमेतको सहयोगमा सुरु भएको शान्तिवार्ता सिरियाको उत्तरी क्षेत्रमा अवस्थित राका शहरमा इश्लामिक स्टेट (आइएस) जिहादी समूहले व्यहोरेको पराजयपछि सुरु भएको हो ।
राकामा केही समय पहिले अमेरिकी नेतृत्वमा कूर्दिस–अरब सिरियाली प्रजातान्त्रिक बललाई महत्वपूर्ण सफलता मिलेको थियो ।
राका विद्रोहीको सुरक्षित आश्रयस्थलका रूपमा रहँदै आएको थियो । ‘अस्तानाको कुनै गोप्य स्थानमा दुई–दिन लामो वार्ता हुने र वार्ताका उपलव्धीलाई विज्ञप्तिमार्फत सार्वजनिक गरिने छ,’ काजक विदेशमन्त्रालयका प्रवक्ता अनुवार झाइनाकोभले एएफपीलाई जानकारी गराए ।
सिरियाली सरकार तथा राष्ट्रपति बसर अल असदको सत्ताबाट बहिर्गमन चाहेको विद्रोही दुवै पक्षबाट वार्ताका लागि खटाइएको वार्ता टोली अस्तना पुगिसकेको छ । उनीहरूबीच अनौपचारिक रूपमा छलफल भइसकेको बताइएको छ ।
सिरियामा सन् २०११ देखि सुरु भएको सरकार विरोधी आन्दोलनमा अहिलेसम्म ३ लाख ३० हजार व्यक्तिभन्दा बढी जनताले ज्यान गुमाएका छन् । (रासस/एएफपी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्