२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उत्तर कोरियाली नेता किमले भने– प्रतिबन्ध कायम रहे अर्को विकल्प खुला


0
Shares

प्योङयाङ्ग, पुस १७ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनले आफू परमाणु हतियार नष्ट गर्न प्रतिवद्ध रहेको बताएका छन् । नयाँ वर्षका अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले परमाणु हतियार नष्ट गर्न आफू प्रतिवद्ध रहे पनि अमेरिकी प्रतिबन्ध कायम रहेमा आफ्नो सोच परिवर्तन हुन सक्ने चेतावनीसमेत दिएका छन् ।

उत्तर कोरियाको सरकारी टेलिभिजन च्यानलबाट प्रशारित सम्बोधनमा किमले भनेका छन्, ‘यदि अमेरिका सिंगो विश्वका सामू आफ्नो प्रतिबद्धता पुरा गर्दैन र हाम्रो गणराज्यमाथि दबाब र प्रतिबन्ध जारी राख्न भने हामीसँग आफ्नो हित र सम्प्रभुतालाई सुरक्षित राख्ने नयाँ बाटो चयन गर्ने विकल्प खुला रहनेछ ।’

उनले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुनसूकै स्थान र समयमा भेट गर्त तयार रहेको बताएका छन् ।

गत वर्ष किमले नयाँ वर्षका अवसरमा यस्तै सम्बोधन गर्दै दक्षिण कोरियामा हुने शीतकालिन ओलम्पिकमा आफ्नो मुलुकले भाग लिने घोषणा गरेका थिए । उनको सोही घोषणाले दक्षिण कोरियासँगको सम्बन्ध सुधार हुनका साथै अमेरिकासँग शीर्ष तहमा वार्तासमेत भएको  थियो । (एजेन्सी)