
काठमाडौं, पुस १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै नै विकसित बनाउने योजनामा आफूहरु रहेको बताएका छन् ।
सोमबार नागरिक उड्डन प्राधिकरणको २०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले त्रिभुवन विमानस्थललाई ऐतिहासिकता झल्किने गरी आधुनिक बनाइने बताए ।
यसै वर्ष गौतमबुद्ध विमानस्थल बनाइने र भैरहवा विमानस्थल निर्माण जिम्मा पनि अन्तर्राष्ट्रिय कम्पनीलाई नै दिने तयारी भइरहेको बताए ।
२०१९ भित्रै गौतमबुद्ध विमानस्थल सन्चालनमा आउने गरी तयारी भइरहेको र २०२१ सालभित्र भैरहवा विमानस्थल पनि तयार गर्ने गरी काम गर्ने उनको भनाइ छ ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘आइकाओ’ले पनि सकारात्मक भनेर प्रमाणित गरिसकेकाले अब इयुको कालोसूचीबाट हटाउन आफूहरुले पहल गर्ने बताए ।
सो अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्राधिकरणले सम्मान पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्