बुधबार झापाको बिर्तामोडमा झापा जिल्ला खेलकुद विकास समितिले गरेको एक कार्यक्रममा विष्टले खेलकुदको विकासका लागि सरकारले छुट्याएको बजेट अत्यन्तै न्यून भएको बताए ।
उनले हरेक सरकारी विद्यालयमा एकजना खेलकुद प्रशिक्षकको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिले खेलकुदको विकास र विस्तारमा निरन्तर सहयोग गरेको भन्दै पत्रकार सुव्रत न्यौपानेलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरेको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिले झापाका करिब १५९ पत्रकारलाई ट्रयाकसुट वितरण गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्