Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेप्से १७ अंकले झर्‍यो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से १७ अंकले झरेर १४ सय ६६ मा आएर थामियो ।

कारोबार भएका सबै समूह ओरालो लाग्दा बिमा समूहमा सबैभन्दा उच्च १ सय ३५ अंकको गिरावट आयो । होटल समूह ७६ अंकले झर्‍यो ।

जलविद्युत् समूहमा २८ अंक, अनि विकास बैंक र लघुवित्त समूहमा पनि २८/२८ अंकको कमी आयो । वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओरालो लाग्यो । अरु समूह सामान्य अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका १२ लाख कित्ता सेयर ४८ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।