हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालिम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचओटा पंखालगायतका उपकरण जडान गरेको छ । अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले जनाएको छ ।
जिल्ला समन्वय समिति, बाँकेका ऊर्जा इन्जिनियर रामबाबु यादवकाअनुसार सम्भाव्यता अध्ययनमा हावाको वेग र दिशा मापन गरिने र विद्युत् उत्पादनको सम्भावना भए/नभएको परीक्षण गरिनेछ ।
यसैबीच, मध्य र सुदूरपश्चिमाञ्चलमा हावाबाट बिजुली निकाल्न सकिने प्रशस्त सम्भावना देखिएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा मध्य र सुदूरका विभिन्न चार स्थानमा वायुऊर्जा निकाल्ने प्रक्रियामा रहेको छ भने अछाम, सुर्खेत र जुम्लामा गरी तीनओटा वायु–सौर्य हाइब्रिड ग्रीडबाट ६५ किलोवाट विद्युत्का लागि आयोजना सुरु भइसकेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्