तर, यसदिन घट्नेदर कम रह्यो भने बजारमा पनि उतार–चढाव कायम रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले ओरालो लागेर १४ सय ६० कायम भएर थामियो ।
कारोबार सुरुआती समयमा ओरालो लागेर मध्याह्नदेखि सुधार भएर सकारात्मक भैसक्दा पनि सुधार टिक्न सकेन र अन्तिममा पुनः ऋणात्मक रहन पुग्यो ।
जलविद्युत् र लघुवित्त सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च २४ अंकको गिरावट आयो । विकास बैंक समूह पनि दोहोरो अंकले झर्दा अरु समूह भने सामान्य अंकले रातो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका १० लाख ४६ हजार कित्ता सेयर ४७ करोड रुपैयाँ बरारबमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्