बंगलादेशमै अभ्यास खेलेर आएको नेपालले बंगलादेशलाई हराएर अगाडि बढ्न चाहन्छ ।
नेपालले ठोस सुरुआत गर्दैै सेमिफाइनल यात्रालाई मजबुत् बनाउने लक्ष्य लिएको कप्तान दीपेन्द्रसिंह ऐरीले बताएका छन् । बंगलादेशलाई हराउनसक्ने हो भने नेपालको सेमिफाइनल यात्रा लगभग सुरक्षित हुनेछ ।
नेपालको समूहमा रहेको मलेसिया केही कमजोर भएकाले पनि नेपालले बंगलादेशलाई हराउँदा अगाडि बढ्ने बाटो खुला हुनेछ ।
नेपालले बंगलादेशमा तीनओटा अभ्यास खेल खेल्दा एकमा जित हासिल गरेको थियो ।
यही समूहमा रहेको साविक विजेता भारतले भने शानदार सुरुआत गरेको छ ।
भारतले शुक्रबार आयोजक मलेसियालाई २०२ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको भारतले निर्धारित् ५० ओभरमा ७ विकेटको क्षतिमा ३१० रन बनाएको थियो ।
जवाफमा मलेसियाले ३७ ओभर १ बल क्रिजमा टिकेर १०८ रनमात्र बनाउन सक्यो ।
शुक्रबारै अर्को समूहको खेलमा श्रीलंका र अफगानिस्तान विजयी भएका छन् । श्रीलंकाले युएईलाई तथा अफगानिस्तानले पाकिस्तानलाई समान ७ विकेटले हरायो ।
पहिले ब्याटिङ गरेको युएईले २२ ओभरमा सबै विकेट गुमाएर ६६ रनमात्र जोड्यो ।
जवाफमा श्रीलंकाले १६ ओभरमै ३ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्यो ।
त्यस्तै, २० ओभर क्रिजमा टिकेर ५७ रनमात्र जोडेको पाकिस्तानलाई अफगानिस्तानले ९ ओभर १ बलमै ३ विकेटको क्षतिमा पराजित गर्यो ।
यो समूहबाट शनिबार श्रीलंका र अफगानिस्तान भिड्नेछन् ।










प्रतिक्रिया दिनुहोस्