सन् २००२ मा ग्लोबल एकेडेमीकोरुपमा विकास गर्ने बताइएपनि अहिलेसम्म एकेडेमी बन्न सकेको छैन ।
२०६१ सालदेखि बनाउन थालिएको ग्लोबल एकेडेमीमा ढिलै भएपनि मैदान भने खेल्नयोग्य भएको छ ।
शनिबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले ब्याटिङ गर्दै मैदानको उद्घाटन गरे ।
सो क्रममा राष्ट्रिय टिमका खेलाडी र पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण खेल पनि भएको थियो ।
यो खेलबाटै मैदान खेल्नयोग्य भएको सन्देशसमेत दिइएको छ । पूर्वाधार भने बन्न बाँकी नै रहेको छ । दर्शक रहने स्थलसमेत बनाइएको छैन ।









प्रतिक्रिया दिनुहोस्