मलेसियामा आज बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले भारत सामु १ सय ८६ रनको चुनौती पेश गरेको छ ।
नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ८५ रन जोडेको हो ।
नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ८८ रन जोड्दा जितेन्द्र सिंह ठकुरीले ३६ रन जोडे ।
निकै संयमित भएर ब्याटिङ गरेका ऐरीले १ सय १ बल सामना गरी ६ चौका र दुई छक्का प्रहार गरे ।
जवाफमा १ सय ८६ रनको लक्ष्य पछ्याउदै भारतले अहिले ब्याटिङ गरिरहेको छ । भारतपछि नेपालले समूहको अन्तिम खेलमा पर्सी आयोजक मलेसियासँग खेल्नेछ ।
समूहको पहिलो खेलमा नेपाललाई हिजो बंगलादेशले २ विकेटको झिनो अन्तरले हराएको थियो ।









प्रतिक्रिया दिनुहोस्