१९ औं पर्सा दिवसका अवसरमा केन्द्रले ललितपुरको हरिहर भवनस्थित नेपाल परिवार नियोजन संघको सभाकक्षामा आयोजना गरेको कार्यक्रम पृथ्वीलाई जुडोमार्फत खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत सम्मान गरिएको हो ।
पृथ्वीसहित सोही अवसरमा सामाजिक, उद्योग÷वाणिज्य, स्वास्थ्य, कला÷संस्कृति र शिक्षा क्षेत्रमा योगदान पुर्याउने पर्सा वासीलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाईं सम्मान गरे ।
पृथ्वी अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) लेभल २ प्रशिक्षकका साथै इन्टरनेसनल कन्टिनेन्टल रेफ्री पनि हुन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको प्रशिक्षकको भूमिका समेत निर्वाह गरेका २७ वर्षे पृथ्वीले ६ वर्षको उमेरदेखि जुडो खेल्न सुरु गरेका थिए । खेलाडीका रुपमा उनले विभिन्न संस्करणको राष्ट्रिय जुडोमा २ स्वर्ण, ३ रजत र ५ कांस्य जितेका छन् ।
२०६२ सालमा सक्रिय खेलाडी जीवनबाट सन्यास लिएका पृथ्वी २०६५ सालदेखि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिमा करार सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् ।









प्रतिक्रिया दिनुहोस्