१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


बाँदरलाई यौन दुर्व्यवहार गर्ने महिलालाई तीन वर्ष जेल


0
Shares

इजिप्ट, पुस १५ । सार्वजनिक स्थलमा बाँदरको गुप्ताङ्ग समातेको आरोपमा इजिप्टमा एक महिलालाई तीन वर्षको जेल सजाय तोकिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार स्थानीय एक अदालतले बसमा अहमद नाम गरेकी ती महिलालाई बाँदरको यौन शोषण गरेको आरोपमा जेल सजाय सुनाएको हो ।

एउटा पसलमा राखिएको बाँदरलाई उनले दुर्व्यवहार गरेको बताइएको छ । ९० सेकेन्डको भिडियो क्लिप सार्वजनिक भएपछि उनीमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको थियो ।

उनले बाँदरको गुप्ताङ्ग समातेर हाँसेको तथा भद्दा टिप्पणी गरेको आरोपमा मुद्दा चलाइएको थियो । सार्वजनिक स्थलमा बाँदरसँग कामुक गतिविधि गरेको अदालतको ठहर छ । महिलाले आफ्नो गल्ती स्वीकार गरे पनि ‘नियतवस’ त्यस्तो नगरेको बताएकी छन् । (एजेन्सी)