Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


श्रीराम सुुगर मिल्सका महाप्रबन्धक किसानको नियन्त्रणमा


0
Shares

मिललाई उखुु दिनका लागि किसानलाई जानकारी दिन गएका मिलका उखुु महाप्रबन्धक चन्द्रशेखर तिवारी, फार्म प्रमुख रामकिशोर सिंह र उनीहरु चढेको ना२च ६५०१ नम्बरको जिपलाई विजयपुुर लक्षमिनियाका किसानले नियन्त्रणमा लिएका हुुन् ।

फतुुआ विजयपुुर नगरपालिकाका किसानलाई भेटेर आउने क्रममा मंगलबार अपराह्न २ बजेबाट गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लक्षमिनिया, दुुधिअवा, हनुुमानगन्जका किसानले मिललाई दिएको उखुुको करिब रु एक करोड २५ लाख बक्यौता रकम पछिल्लो चार वर्षदेखि भुुक्तानी नदिएका कारण आक्रोशित किसानका समूहले भुुक्तानीको मागसहित मिल्सको गाडी र कर्मचारीलाई नियन्त्रणमा लिएको बताएका छन् ।

सो मिलका सन्चालक एवम् उद्योगपति दिवाकर गोल्छाले पटक पटक रकम दिइने प्रतिवद्धता गर्दै आएपनि अहिलेसम्म सो बाँकी बक्यौता रकम उपलब्ध नगराएकाले बाध्यभएर किसानले गाडीसहित कर्मचारीलाई नियन्त्रणमा लिनुपरेको स्थानीय किसान विजय यादवले बताए ।

नियन्त्रणमा लिएको १ घन्टापछि कर्मचारीसहित गाडीलाई इलाका प्रहरी कार्यालय विजयपुुरको जिम्मा लगाएको र उनीहरुलाई करिब दुई दर्जन किसान निगरानी गरिरहेका छन् ।

उखुु महाप्रबन्धक तिवारीले पछिलो बक्यौता क्रमशः तिर्दै जाने र नयाँ उखुुको रकम १५ दिनभित्र भुुक्तानी गर्ने बताए पनि किसानले तत्काल भुुक्तानी दिनुपर्ने अडान राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामकुुमार दानीले मिल कर्मचारी र किसानबीच छलफल भइरहेको बताए । उक्त एरियाका साथै जिल्लाभरिका किसानले मिललाई दिएको उखुुबापत करिब रु २२ करोड बक्यौता छ ।

उद्योगपतिद्वय हृतेश गोल्छा र ललित अग्रवालले पटक पटक उद्योग मन्त्रालयमा समेत भुक्तानी दिने प्रतिवद्धता गर्दै आए पनि भुुक्तानी नदिएको उखुु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । बाँकी बक्यौता भुक्तानीका लागि पटक पटक मिलमा तालाबन्दी, मिल प्रशासनविरुद्ध आन्दोलन गर्दै आएको भए पनि उद्योगपतिले वास्ता नगरेको अध्यक्ष यादवको भनाइ छ । रासस