Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


मंगलबार सेयर बजारमा उच्च सुधार


0
Shares

सेयर बजार परिसूचक नेप्से २५ अंकले उकालो लागेर १५ सय १६ मा पुग्यो । कारोबार भएका सबै समूह सकारात्मक रहे । बिमा समूहमा सबैभन्दा उच्च १ सय १२ अंकको वृद्धि आयो ।

लघुवित्त समूह ५८ अंकले, उत्पादनमूलक समूह ५६ अंकले अनि जलविद्युत् समूह ५५ अंकले उकालो लागे । विकास बैंक र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६५ कम्पनीका १८ लाख ५३ हजार कित्ता सेयर ७६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।