ति भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारिएको थियो ।
‘नेपाल इन डाटा इभिनिङ’ कार्यक्रम केन्द्रिय तथ्यांक विभागका महानिर्देशक श्री सुमन राज अर्याललगायतका वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा बोल्दै प्रविधिको प्रयोग मार्फत साक्षरता फैलाउनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा देखाइएका भिडियोहरूले नेपालको समकालीन मुद्धाहरू गरिबी र असमानता, जनसांख्यीक लाभांस, सचेतकको रूपमा मिडिया, उर्जा, उत्पादन, महिला हिंसा, जलवायु परिवर्तनको असर जस्ता विषयहरू समेटेका छन् ।
भिडियोहरू विश्व चर्चित तथ्यांकशास्त्री तथा ग्यापमाइन्डर फाउन्डेसनका संस्थापक हान्स रोसलिङका भिडियोहरूबाट प्रभावित छन् ।
कार्यक्रममा ग्यापमान्डर फाउन्डेसन स्वीडेनबाट आएका फरनान्डा ड्रुमोन्ड र मिस्टर ओलभले सत्यतामा आधारित दृष्टिकोण कसरी बनाउने भन्ने बारेमा आफ्नो भनाई राखे ।
कार्यक्रममा सहभागी हुनेहरूलाई डिजिटल डिभाइसमार्फत प्रत्यक्ष सहभागी समेत गरिएको थियो ।
ती भिडियोहरूले नेपालको मुख्य विकास मुद्धाहरूमा मानिसहरूको इच्छा जघाउन तथा त्यसमा प्रष्ट पार्ने पनि लक्ष लिएको छ ।
आफ्नो नेपाल इन डाटा अभियान अन्तर्गत विकास उद्यमीले वेबसाट समेत संचालन गरिरहेको छ । बेभसाइटमा नेपालमा उपलब्ध भएका डाटाहरूको प्रयोग र पँहुच बढाउनको लागि पहल गरिने बताइएको छ ।
नियमित रूपमा इन्फोग्राफिक्स, समाचार र डाटासेटहरू प्रकाशित गर्दै डाटा साक्षरतामा सुधार गर्ने लक्ष यसले लिएको छ ।
भिडियोहरूको निर्माण दि एसिया फाउन्डेसनले अन्य विकास अभियानहरू र युके डिपार्टमेन्ट फर इन्टरनेसनल डिभलपमेन्ट मार्फत लागु गरिएको ‘नेपालको विकासको लागि डाटा’ कार्यक्रममार्फत बनाइएको हो ।
त्यसले समग्रमा नेपालमा डाटा र तथ्यांकको माध्यमबाट तथ्यमा आधारित नीति निर्माणमा भूमिका खेल्ने लक्ष लिएको छ ।









प्रतिक्रिया दिनुहोस्