सन् २०१७ को ओपन डोर्स प्रतिवेदनकाअनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा तीव्रगतिमा वृद्धि भइरहेको छ ।
इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्यूरोद्वारा वार्षिकरूपमा प्रकाशित हुने सो प्रतिवेदनले संयुक्तराज्य अमेरिकामा अध्ययनरत् अन्तर्राष्ट्रिय विद्यार्थीसँग सम्बन्धित प्रवृत्तिको अनुगमन गर्ने गर्छ ।
अमेरिकी उच्चशिक्षा संस्थामा नेपाली विद्यार्थीको भर्नादर २० प्रतिशतले वृद्धि भइ कुल संख्या ११ हजार ६०७ पुगेको छ ।
स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने शीर्ष २५ मुलुकमध्ये नेपाल १२औं स्थानमा छ ।
स्नातक तहमा अध्ययनरतमध्ये ४२.२ प्रतिशत नेपाली विद्यार्थी छन् जुन २५ देशमध्येकै सबैभन्दा उच्च वृद्धि हो । अमेरिकामा हाल १० लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत् छन् ।
हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौं नेपाली विद्यार्थी अमेरिका जाने गरेको नेपालका लागि कार्यबाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले बताए । रासस









प्रतिक्रिया दिनुहोस्