बुधबार भएको प्लेअफ खेलमा होन्डुरसलाई पराजित गर्दै अष्ट्रेलिया छनोट भएको हो ।
पहिलो लेगको खेलमा गोलरहित बराबरीमा चित्त बुझाएको अष्ट्रेलियाले दोस्रो लेगको खेलमा ३–१ को जित हासिल गर्दै रुसको टिकट काटेको हो ।
सिड्नीको घरेलु मैदानमा अष्ट्रेलियालाई जिताउन इंग्लिस क्लब एष्टन भिल्लाका मिडफिल्डर माइल जेदिनाकले ह्याट्रिक गरे ।
अष्ट्रेलियासँगै रुस विश्वकपका लागि ३२ मध्ये ३१ टिमको छिनोफानो भएको छ ।
मंगलबार रातिको खेमला आयरल्यान्डलाई हराउँदै डेनमार्कले पनि विश्वकपमा ठाउँ बनाएको थियो ।
अब न्यूजिल्यान्ड र पेरुमध्ये एक टिमले रुसको टिकट काट्नेछ । न्यूजिल्यान्ड र पेरुबीचको पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो ।










प्रतिक्रिया दिनुहोस्