Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


शक्ति गौचनको कप्तानीको पोखरा राइनोजद्वारा लोगो र जर्सी सार्वजनिक


0
Shares

बुधबार राजधानीमा आयोजित कार्यक्रममा पोखरा राइनोजले लोगो र जर्सीसँगै खेलाडीकोसमेत परिचय गराएको छ ।

शक्ति गौचनले कप्तानी सम्हाल्ने टिममा विनोद भण्डारी, सुशन भारी, राजेश पुलामीमगर, विक्रम सोब, सौरभ खनाल, नुरध्वज सेन, सन्तोष भट्ट र सुनील धमला रहेका छन् ।

जगदम्बा स्पोर्टस् प्रालिको यस पोखरा राइनोजका लागि तीन विदेशी खेलाडी र ‘ट्यालेन्ट हन्ट’मार्फत् आउने एक खेलाडीको टुंगो लाग्न बाँकी छ ।

ट्यालेन्ट हन्ट पोखराका सातजना युवा खेलाडीबाट मंसिर २ गते शनिबार छनोट गरिने पोखरा राइनोज व्यवस्थापनले जनाएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न ६ सहरका टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् ।