झापाको शिवसताक्षीस्थित झिलझिलेमा जारी दोस्रो संस्करणको प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा डायमन्ड फुटबल एकेडेमीलाई ४–० ले पाखा लगाउँदै सशस्त्रले अन्तिम आठमा आफूलाई सुरक्षित राखेको हो ।
खेलको ३१औं मिनेटमा सशस्त्रका रुपबहादुर लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६८औं मिनेटमा श्याम नेपाली, ७६औं मिनेटमा रञ्जन विष्ट र ८५औं मिनेटमा नवीन लामाले गोल गर्दै सशस्त्रका लागि ४–० को स्पस्ट जित सुनिश्चित गरे ।
खेलको ‘म्यान अफ द म्याच’ सशस्त्रका रुपबहादुर लामा घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो ।
सेमिफाइनल प्रवेशका लागि सशस्त्रले अब त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
प्रतियोगिताअन्तर्गत् बिहीबार आयोजक सतासीधाम स्पोर्टिङ क्लब र चर्च ब्वाइज काठमाडौंबीच खेल हुनेछ ।









प्रतिक्रिया दिनुहोस्